अर्जुन र दुर्गाले जोडी बाँधे

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल शुक्रबारदेखि वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोनाका कारण उनीहरुले सीमित आफन्त र परिवारजनको उपस्थितिमा बुढानिलकण्ठ मन्दिरमा लगनगाँठो कसेका हुन् ।

सात वर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुवैले लामो समयको प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । संगीतकार अर्जुनले भने, ‘बैशाखमा विवाह गर्ने तयारी थियो । कोरोना भाइरसका कारण हुन सकेन ।’ अर्जुन र दुर्गा नेपाली सांगीतिक क्षेत्रमा सफल गायक गायिकाका रुपमा परिचित छन् ।

प्रतिक्रिया