शिवले ल्याए रोमान्टिक गीत

काठमाडौं । गायक शिव परियारको नयाँ गीतको भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार विक्रम साम्पाङको रहेको छ । शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका छन् । भिडियोमा रविन विष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।

प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देवजंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेरदेखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् ।

यसअघि उनका ‘गर्व लाग्छ,’ र ‘महसुस’ बोलको गीतहरु सार्वजनिक भइसकेका छन् । गायक शिव परियारको ठुलो प्रशंसक रहेका साम्पाङले शिव परियारसँग काम गर्न पाउदा आफ्नो ठुलो सपना पूरा भएको बताएका छन् । अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियसन प्रोडक्सन नामक च्यानलसमेत चलाइरहेका छन् ।

आगामी दिनमा अझ स्तरीय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस भिडियोमार्फत दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

प्रतिक्रिया