‘पार्टी फुटाउने ओलीको कदममा चीन र पाकिस्तानको साथ’

एजेन्सी । यतिबेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रित भएर सत्ता युद्ध चलिरहेको छ । नेपालमा सरकारमाथि देखिएको संकटको बारेमा भारतीय पत्रिका इकोनोमिक टाइम्सले आफ्नो दोस्रो पृष्ठमा विस्तारित रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुर्सी बचाउनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई फुटाउने कोसिस गरिरहेको उल्लेख छ ।

पत्रिकाका अनुसार यस मामिलामा पाकिस्तान र चीनमाथि ओली सरकार बचाउने खेलमा लागिरहेको आरोप लागेको छ । यता ओलीमाथि राजीनामाको दबाब छ। त्यही भएर उनले अचानक संसदको बजेट अधिवेशनलाई अन्त्य गर्ने फैसला गरेका थिए । उक्त पत्रिकाको दाबी छ, ‘ओली एउटा अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास गरिरहेका छन् ।’

त्यस रिपोर्ट अनुसार वर्तमान प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि सम्पर्क गरेका छन् । प्रम ओली पार्टी विभाजनका विषयमा अध्यादेश पुनः ल्याउन चाहन्छन् । अध्यादेशको सहयोगले पार्टी फुटाएर ओली सत्तामा विराजमान भइराख्न चाहन्छन् । यसमा उनलाई चीन र पाकिस्तानको समर्थनको रहेको त्यस पत्रिकाले दाबी गरेको छ ।

साथै, उक्त पत्रिकामा भनिएको छ, ‘भारतविरोधी फैसलाको बारेमा ओली पाकिस्तानका प्रधानमन्त्री इमारान खानको पनि सम्पर्कमा रहेका छन्, यसको साथै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि ओलीलाई सत्तामा टिकाइराख्न प्रयासरत छन्, हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौंस्थित चियिनाँ दूतावासको पनि हात रहेको छ, होउ नेपालअघि पाकिस्तानमा तीन वर्ष रहेकी थिइन् ।

’ ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ । ओलीले बिहीबार संसद बजेट सत्रलाई स्थगित गर्ने निर्णय लिएका थिए । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृतसमेत गरेकी थिइन् । नेकपाको स्थायी समितिका रहेका ३० जना सदस्यले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन् । नेपालको राजनीतिमा विदेशी मुलुकको समेत धेरै चासो बढिरहेको छ ।

प्रतिक्रिया