मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

तुल्सीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

वडाध्यक्ष शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । उनको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया