गजल

                  पुर्वेली गाउँले

थाप्लोमाथि रिन नै रिन्छन्, अब कसो गर्ने होला ।
भागौं भने सबले चिन्छन्, अब कसो गर्ने होला ।

भाका नाघ्यो धेरै चोटी, लुकिछिपी हिँडी रा’छु
भेटे सिधै धुलाई दिन्छन्, अब कसो गर्ने होला ।

आफ्नो पैसा फसेपछि, बौलाका छन् रिसले सबै
लाग्छ अब ज्यानै लिन्छन्, अब कसो गर्ने होला ।

बसि खानु दे’का छैनन्, भागौं भेटे फेरि मलाई,
अचार पिसे जस्तै पिन्छन्, अब कसो गर्ने होला ।

तिरौं भन्छु सुको छैन, नतिरौं त ऋृणकै कारण,
दाजुभाईकै नाता छिन्छन्, अब कसो गर्ने होला ।

प्रतिक्रिया