बेपत्ता भएकी बालिकाको शव नदी किनारमा भेटियो

काठमाडौं । तीन दिनअघि बेपत्ता भएकी जनकपुरधाम उपमहानगरपालिकाकी ११ वर्षीया एक बालिकाको शव आज नदी किनारमा भेटिएको छ । जनकपुरधाम–२१ को कुर्था बस्ने बालीकाको शव आज फेला परेको प्रहरीले जनाएको छ ।

बुधबारदेखि हराएकी ती बालीकाको शव आफ्नो घरदेखि एक किलोमिटर टाढा दूधमति नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी गत बुधवार बिहान भैँसी चराउन गएपछि घर नफर्केको परीवारले जनाएका छन् । उनको शव पोष्टर्माटमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया