भारतको कानपुरमा डिएसपीसहित ८ प्रहरीको हत्या

भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा एक डिएसपसहित आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् ।

केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।

प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारी विरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।

प्रतिक्रिया