टिपरको ठक्करबाट दुईको मृत्यु

काभ्रे । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृतक चालक बेदप्रसाद कोइरालाले चलाएको मोटसाईकललाई बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले ठक्कर दिँदा उनीसहित एकजनाको मृत्यु भएको स्थानियले बताएका छन् ।

टिपरले धुलिखेल नगरपालिका वार्ड नम्बर २ स्थित टिपरले मोटर साइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षिय बेदप्रसाद कोइराला र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् । मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया