‘फेरि विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीए भित्र आन्तरिक विवाद सतहमा आएको छ। पार्टीको मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको निवेदनको विषय निकै विवादित बन्यो ।

केही दिनदेखि प्रधानमन्त्रीले गरेको अभिव्यक्तिको आलोचना गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।

मंगलबारकै स्थायी कमिटी बैठकमा नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा परेको निवेदनमा प्रधानमन्त्री ओलीको हात रहेको उपाध्यक्ष गौतमले आरोप लगाएका छन्। यस्तै अध्यक्ष प्रचण्डले पनि नयाँ पार्टी कसले किन दर्ता गर्न लागेको भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्रीले भने आफूलाइ नेकपा नामको पार्टी दर्ताको बिषयमा थाहा न भएको र आफू नै नेकपाको अध्यक्ष भएको बताएका थिए।

पार्टीमा चर्को विवाद देखिकै बेला नेकपाका दोस्रो पुस्ताका नेता कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्टीटर र्गदै पार्टी भित्र अनिष्ट हुने सम्भावना नजिकिँदै गएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले भनेका छन् ‘हाम्रो जहाज महा भुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो नहड्बडाएर  एकताबद्ध भएर यसको सामना गरिने छ। पार्टीलाई दुर्घटनाबाट जोगाउन हरेकले एकपटक विवेक र धैर्यको परिक्षा दिनुपर्नेमा जोड दिएका छन्। सबै मिलेर एकताबद्ध भएर यसको सामना गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया