श्रीमतीको हत्याराले फेरि गरे दुई बहिनीको हत्या

एजेन्सी । भारतमा एक श्रीमतीको हत्याराले फेरि दुई बहिनीको हत्या गरेको भारतीय मिडियामा समाचनर भाइरल बनेको छ । हैदराबादका एक व्यक्तिले आफ्नो घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेको जनाइएको छ । उनले हतियार प्रहार गरेर पविारका सदस्यमाथि हमला गरेको र उक्त आक्रमणमा उनका दुई जना बहिनीको मृत्यु भएको छ ।

ती व्यक्तिमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्या गरेको को आरोप भएको भारतीय प्रहरीले जनाएको छ । श्रीमतीको हत्या आरोपमा उनी पक्राउ पनि परेका थिए । त्यसपछि धरौटीमा रिहा भएको जनाइएको छ । त्यसपछि घरमै रहेका ती व्यक्तिले सोमबार परिवारका सदस्यहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए ।

प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया