परिवारै मिलेर बुहारीको हत्या !

हेटौंडा । रकम प्राप्त गर्न र जबरजस्ती करणीको घटना लुकाउन परिवार नै मिलेर बुहारी सुस्मिता थापाको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । असार १ गते हेटौंडा उपमहानगरपालिका–४ मा भएको सो घटनाका अभियुक्त चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार उनको हत्यामा घरका रहेका चारै जना व्यक्तिको संलग्नता देखाएको छ । ससुराको योजनामा घटना घटेलगत्तै परिवारका अन्य तीन महिला सदस्यले पनि साथ दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित पत्रकार सम्मेलन गरेर चारै जनालाई सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । ससुराले त्यो रात मादक पदार्थ सेवन गरेर खाना खाई सुत्न गएका थिए । त्यो दिन नन्दले खाना बनाएकी थिइन् । सासु ससुरा सुत्न गएपछि भान्छाकोठामा सुस्मिता र नन्द सीता खाना खाइरहेका थिए । सुस्मिता महिनावरी भएको कारण भुईँमा बसेर खाना खाइरहेका थिए । त्यही बेला एक्कासी प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काएको प्रहरीले जानकारी दियो ।

खाना खाँदै गर्दा ससुराले पछाडी हिर्काएपछि उनि भुँईमा लड्नि । त्यसपछि उनले चिच्याउन थालिन् । सँगै खाना खाईरहेकी नन्द सीताले पनि नजिकै रहेको लोहोरोले उनको टाउकोमा हिर्काईन । त्यसक्रममा सासू तुलासा भान्छाकोठातिर आएकी थिइन् । तर बाबुछोरीले अर्को कोठामा जान भने । त्यही क्रममा सुस्मिताको मृत्य भयो ।

त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयासमा गर्छन् । भुईँमा लागेको रगत सफा गर्छन्, विग्रिएका सामानहरु पुर्ववत रुपमा राख्छन् । त्यसपछि नन्द सीतालाई ढोकाबाट बाहिर जान लगाएर ससुराले भित्रबाट चुकुल लगाएर आल्मुनियमको झ्यालबाट बाहिर निस्किन्छन् । त्यसक्रममा उनिहरुको कपडामा लागेको रगत पखाल्छन् र नुहाउछन् । सो रात त्यत्तिकै छाडेर भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।

थापाको क्रुरतापूर्वक हत्या हुनुमा दुईवटा कारण देखिन आएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनको पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मृतक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थियो । थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबरजस्ती करणीको उद्योग गरेको समेत गरेको प्रहरीले देखाएको छ ।

प्रहरीले मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्तिबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई नि हत्याको कारण हुनसक्ने देखाएको छ । मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाएको छ ।

प्रतिक्रिया