हरि बस्ताकोटीको ‘सुनकै थाली’ सार्वजनिक

काठमाडौं । गीतकार एवं साहित्यकार हरि बस्ताकोटीद्वारा रचित तस्वीर एल्बमको ‘सुनकै थाली’ नामक गीतको भिडियो युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ । बस्ताकोटको मर्मस्पर्शी शब्द तथा चण्डीप्रसाद काफ्लेको संगीतमा अर्का चर्चीत गजल गायक राज सिग्देलको कर्णप्रीय आवाजमा गीतलाई सजाइएको छ । सो गीतको भिडियो साहित्यकार बस्ताकोटीकै युट्यूब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

‘सुनकै थाली’ संगीतको फरक रंग र सुगन्ध बोकेको गीत हो । जीवनको कटुलय, बिधाताको निर्मम खटन, व्यक्ति केन्द्रीत समाज, प्रकृतीको बिचित्र रुप, मान्छेहरूका बिकाउ जीवन शैली, स्पर्शबिनाको कित्रीम प्रेम सबै भोगेर आजका मानिस दुःखी छन् । मानौँः मान्छे दुःखको पर्याय हो । आजभोली लाग्छ यस दुनियामा बाच्नलाई अब रुन पनि सिक्नुपर्ने भएको छ ।

गीतकारको वन्दना छ । धरतीमा सुनको नयाँ बिहानी आओस् कोइलीले हाम्रै खुशीको गीत गाओस् । महाभूकम्पको पीडामा बुनिएको उक्त गीत कोरोनाको विश्व त्रासदीको बीचबाट उक्त गीत सार्वजनिक गरिएको गीतकार हरि बस्ताकोटीले जानकारी दिए । युवा उपन्यासकार कवि तथा गीतकार बस्ताकोटीले ‘सुनकै थाली’ केही दिनअघि मात्रै सार्वजनिक गरेका हुन् ।

बहु प्रतीक्षित उनको उक्त गीत उनका कालजयी गीतहरूको संग्रह ‘तस्वीर’ एल्बमा समावेश छ । सुगम संगीतको मूलधारमा निरन्तर कलम चलाईरहेका गीतकार बस्ताकोटी उच्च कोटीका स्तरीय गीत लेख्ने गीतकार मानिन्छन् । उनका ‘तिमीलाई पाउँन मन्दिर धाएँ’, ‘आँखामा कुनै सपना छैन’, ‘अमृत भनी विष पिलायौ,’ ‘पसिनाले भिजेको छ उसको वर्दी टोपी र यस गीत ‘सुनकै थाली’ लगाएत दर्जनको हाराहारीमा गीतका भिडियो सार्वजनिक भइसकेका छन् ।

त्यसो त उनी नेपालका एक प्रखर कवि एवं उपन्यासकारको उपनामले पनि चिनिन्छन् । पूर्वी नवलपरासी बुलिङटारले जन्माएको ती राष्ट्रीय प्रतिभाले बिगत २० वर्षदेखि निरन्तर कलम चलाउँदै सुगम संगीत अनि नेपाली भाषा र समकालीन साहित्यलाई आफ्ना शक्तिशाली प्रेमिल शब्दमार्फत उर्वर बनाएका छन् ।

प्रतिक्रिया