कोरोना संकटले बदलिँदो विश्व व्यवस्था

मार्क्सले आजसम्म आर्विभुत सम्पूर्ण मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो भनेर बताए । उत्पादनको निश्चित बिन्दुमा पूगेपछी बिद्यमान उत्पादन सम्बन्ध उत्पादक शक्तिको बिकासको निम्ति अवरोध बन्दछ र सामाजिक क्रान्तिको युग सुरुहुन्छ । मार्क्सको यो ऐतिहासिक निष्कर्ष अहिले पनि त्यत्तिकै शान्दर्भिक र बैज्ञानिक छ । परन्तु पुँजीवादी बिकासको जुन तिब्रताको चरीत्र छ यसले छिट्टै नै बिद्यमान ब्यबस्था माथि संकट पैदा गर्ने र मानव समाज समाजवादी ब्यबस्थामा पदार्पण गर्ने मार्क्सको अनुमान भने लम्बिएर गयो ।

पुजीवादले प्रत्येक आवधिक र एतिहासिक महासंकट पछी या त आफुलाई क्रान्तिकारी ढंगले रुपान्तरण गर्यो या त स्वाभाविक सिर्जित संकट भन्दा ठुलो (कृत्रिम) सामाजिक संकटको सिर्जना मार्फत आफ्नो अस्तित्व बचाइराख्यो र आफुलाई सुदृढ गर्यो । क्रान्तिकारी रुपान्तरण गरेकै कारण पुजीवाद आज लोककल्याणकारी राज्य व्यवस्था मार्फत जिवित छ । शिक्षा, स्वास्थ्यमा राज्यको दायित्व युनिभर्सल बेसिक इन्कम जस्ता कार्यक्रम पुँजीवादका हिमायती अमेरिका, बेलायत र युरोपियन मुलुकका प्राथमिकतामा छन् । प्रथम र द्वितीय विश्वयुद्ध, झण्डै आधा सताब्दीसम्म चलेको शीतयुद्ध, इराक, इरान र मध्यपूर्बमा चलाएको नरसंहार, विभिन्न मुलुकहरूमा सिर्जना गरेका गृहयुद्ध र राजनीतिक अस्थिरता पुँजीवादले आफ्नो रक्षाको निम्ति सिर्जना गरेका संकटहरु हुन् ।

विगत तीन महिनादेखि झण्डै झण्डै पुरै दुनियाँ लकडाउनमा छ । सबै मुलुकहरू आंसिक या पूर्ण रुपले आन्तरिक र बाह्य जनजीवन बन्दाबन्दीमा बिताइरहेका छन  ।The Gardian अनलाइन संस्करणअको २१ मे को रिपोर्ट अनुसार महामारीको पहिलो नौ हप्ताभित्र अमेरिकामा मात्रै ३ करोड ९० लाख मानिसहरूले रोजगारी गुमाए भने संसारभर आधाआधी श्रमिकहरुले रोजगारी गुमाउनु पर्यो । अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) का अनुसार कोभिड–१९ का कारण विश्वभर एक अर्ब ६० करोड श्रमिकहरुको रोजगारी गुम्यो । आर्थिक गतिविधिका भर्चुअल क्षेत्रहरू, उत्पादनमा रोबर्टको प्रयोगका क्षेत्रहरू, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटलाइजेसन फैलिदै गएपनी समग्र आर्थिक गतिविधिमा ठुलो संकुचन पैदा भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को (Intemational Economic Outlook) अनुसार सन २०२० मा विश्वको अर्थतन्त्र ३% ले संकुचित हुनेछ । (World Bank) को जुन २०२० (Wlobal Economic Prospects) अनुसार यो वर्ष विश्व अर्थतन्त्र ५.२५ ले संकुचित हुनेछ ।

(World Bank) को यो रिपोर्ट अनुसार विकसित अर्थतन्त्र ७% ले सअंकउकहइत हुनेछ भने उदयिमान अर्थतन्त्र २.५५ ले संकुचित हुनेछ । यी सबैको एकमात्र कारण हो कोभिड–१९ भाइरसको विश्वब्यापी प्रसार । (ध्यचमियmभतचभ) को २१ जुन २०२०, १४ः४५ GMT सम्म ८९ लाख ५९ हजार २५४ मानिसहरू कोरोनाबाट संक्रमित भैसकेका छन् । त्यस्तै ४ लाख ६७ हजार ५६५ जनाको मृत्यु भैसकेको छ भने ४७ लाख ६७ हजार ९८९ जनालाई निको भएको छ । । यधपी स्रोत र साधनको अभावले गर्दा परिक्षणको दायरामा आइनसकेको मानिसहरूको ठूलो हिस्सामा समेत यो भाइरस फैलिएको अनुमान गर्न सकिन्छ ।

प्रथम र द्वितीय विश्वयुद्ध पछि सम्पूर्ण मानवजातीलाई त्रासदी भित्र लपेटेको परिस्थिति अहिले बिद्यमान छ । मजदुर, पुँजीपती, किसान, विद्यार्थी, शिक्षक, निम्न(मध्यम वर्गिय कारिन्दाहरु सबैका जनजीवनहरु बद्लिएका छन । अत्यन्तै न्यून संख्याको काम गर्ने शैली बद्लिएको छ, विशाल बहुसंख्यक बेरोजगार बनेका छन । राहत र अनुदानमा धेरैको जीवन चलिरहेको छ । दक्षिण एशिया, ब्राजिल र अन्य तेस्रो विश्वका मुलुकहरू कोभिड(ज्ञढ ले मात्र होईन अन्य रोग र भोकले पनि सताइन थालेका छन । पुजिपतीहरु उत्पादन र ब्यापारका नयाँ र बैकल्पिक उपायको प्रयोगमा जुटेका छन ।

अहिले व्यापक बहसमा आइरहेको छ बर्तमान विश्वब्यबस्था र कोभिड-१९ ले ल्याएको संकट । पटकपटक आफुलाई परिवर्तन गरेर वा स्वत सिर्जित समस्या भन्दा ठुला संकट सिर्जना गरेर अस्तित्वमा रहेको साम्राज्यवादले यसपटक पनि आफ्नो रक्षा गर्ला त ? यस संकटको प्रथम दृष्टिमा नवउदारबादको विश्वनेता अमेरिका कोरोना महामारीलाई नियन्त्रण गर्न पुर्णतः असफल मात्र भएन आफ्नो मुलुक राज्य संयन्त्र भित्रभित्रै रहेको रंगभेद काला जातिका अमेरिकी नागरिक (George Floyd) लाई निर्ममतापूर्बक प्रहरीले हत्या गरेपछि सतहमा आयो र अमेरिकन राज्यसत्ताको असली चरित्र विश्वसामु उदांगिएन मात्र रंगभेद विरुद्धको जनप्रदर्शनले राष्ट्रपति ट्रम्पलाई White House  बंकरमा लुक्न बाध्य बनायो ।

कोरोना नियन्त्रणमा बेलायत र युरोपियन मुलुकहरू कतिपय पुर्णतः असफल भएका छन् भने केही युरोपियन मुलुकहरूले राम्रो गरिरहेका छन् । ब्राजिल, दक्षिण एशियाका भारत, नेपाल लगाएतका मुलुकहरू कोभिड–१९ चौथो महिनामा प्रवेश गर्दैगर्दा यसको इपिसेन्टर बन्दै छन् । चीन, भियतनाम र क्युवाले कोभिड–१९ को सफलतापूर्बक नियन्त्रण गरेका मात्र छैनन् बाँकी विश्वलाई यसको विरुद्ध जुध्न सहायता गरिरहेका छन् । न्युजिल्यान्ड, नर्वे, फिनल्यान्ड, जर्मन जस्ता मुलुकहरू कोरोनालाई नियन्त्रण गर्न सफल भएका छन् वा सफलताको दिशातर्फ उन्मुख छन् । उपर्युक्त तथ्यबाट स्पष्ट हुन्छ बैचारिक रुपमा नवउदारवाद मा विश्वास राख्ने मुलुकहरू या त असफल छन् या त आफ्नो मुलुकको रक्षामा सफल हुँदैछन् ।

अर्कोतर्फ बर्तमानमा समाजवादी अर्थतन्त्र नभएपनी समाजवाद मा विश्वास राख्ने मुलुकहरू आफू सँगसँगै पुरै दुनियाँलाई यो संकटबाट पार लगाउन मद्दतमा जुटिरहेको देखिन्छ । सन् २००७–२०११ को वित्तीय संकट समाधान गर्न पनि पश्चिमी विश्व खासगरी अमेरिकालाई मात्रै चीनले एक मिलियन डलर (१३ खर्ब डलर भन्दा बढी) भन्दा बढी ऋण सहायता गरेको थियो । यधपी राज्य नियंत्रित भएपनी वर्तमान चिनियाँ अर्थतन्त्र पनि खुला बजारमा आधारित छ । खुला बजार अर्थतन्त्रलाई निरन्तरता दिदै नै चिनियाँ विशेषता सहितको समाजवादमा पुग्न सकिने चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना पछिल्ला दस्तावेजहरुमा उल्लेख गर्दै आएको छ ।

बर्तमान संकट समाधानमा असफल भएको, २००७–२०११ को बित्तीय संकटमा प्रभावकारी र उत्तरदायी भुमिका निर्वाह गर्न नसकेको, विश्वब्यापी मुद्दाहरूमा गैरजिम्मेवार बन्दै गएको (जस्तो कि कार्ब उत्सर्जन सम्बन्धि पेरिस सम्झौताबाट ट्रम्प प्रशासन पछि हटेको), अन्तर्राष्ट्रिय कुटनीतिमा दोहोरो मापदण्ड अपनाएको जस्तो कि एकातिर प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रताका कुरा गर्ने अर्र्कोेतर्फ इराक, इरान अफगानिस्तान लगायत मुलुकहरूमा आफै युद्ध थोपर्ने र गम्बिर मानवताविरोधी अपराध गरिरहेको साम्राज्यवादी नेतृत्व अमेरिकाले आफ्नै देशमा र विश्वसमुदायको पनि विश्वास गुमाउँदै गइरहेको छ । जनताको प्रदर्शनबाट डराएर बंकरमा लुक्न बाध्य अमेरिकी नेतृत्वले यो कुरा राम्रोसँग महसुस गरेको हुनुपर्छ ।

विश्वको अर्थतन्त्र र यसको स्वरुपमा तिब्र गतिमा परिवर्तन भैरहेको छ । उद्योगी एवं राजनीतिक बिश्लेषक Andrewyang Yang को अनुमान थियो कि अमेजनको कारणले मात्र अबको चार बर्षमा ३०५ स्टोर र सपिङ मलहरु बन्द हुनेछन् तर ग्।क् मा कोरोना फैलिएको केही समयपछि उनी भन्छन स्टोर र सपिङ मलहरु बन्द हुने प्रक्रिया चार हप्तामै पूरा भयो त्यो पनि केवल तीस प्रतिशत होइन झण्डै सत प्रतिशत । यसबाट बजारीकरणमा भैरहेको क्रमिक डिजिटलाईजेसनलाई बिकसित मुलुकमा कोभिड(ज्ञढ ले एकै झड्कामा पूरा गरिदिएको चित्र देखिन्छ । एशिया बिजनेस काउन्सिलका कार्यकारी निर्देशक मार्केल क्लिफोर्ड श्रमिकहरुलाई आफ्नो काममा फर्किन नदिन डिजिटलाईजेसन कार्यन्वयनका लागि वकालत गरिरहेका छन् ।

त्यस्तै विश्व आर्थिक मञ्च (World Economic) ले आफ्नो जनवरी २०२१ मा स्विजरल्याण्डको Davos मा हुने Summit युनिक ट्विन समिट हुने घोषणा गरेको छ । जसको थिमThe Great Reset (महासमायोजन) घोषणा गरिएको छ । यसरी पुँजीवादी ध्रुवलाई नियाल्दा तत्काल उनीहरुसँग पाुजीवादलाई बँचाउने तीन एजेन्डा देखिन्छन् बजार, लगानी र डिजिटल क्रान्ति । त्यस्तै युद्धको बिकल्प त साम्राज्यवादसँग छँदैछ । पछिल्लो समय लद्दाखमा भएको चीन र भारतबिचको संघर्ष, दक्षिण कोरिया र उत्तर कोरियाको सिमा क्षेत्रमा उत्पन्न विवाद र सिमाक्षेत्रमा भैरहेको सैन्य अभ्यासलाई यसैको कडिको रुपमा बुझ्न सकिन्छ ।

वर्तमान विश्वब्यबस्थाको नेतृत्व गरिरहेको पुजीवाद कोभिड-१९ को महासंकटलाई एकातिर पन्छाएर भएपनी आफ्नो अस्तित्व रक्षाको निम्ति हर संभव प्रयत्न गर्दैछ । पुँजीपतिहरु तथाकथित आफ्नो सम्पत्तिको संरक्षणको खातिर जुनसुकै सिमासम्म पुग्न तयार हुनेछन् । यस सन्दर्भमा अब प्रश्न उठ्छ के श्रमजीवी वर्ग बर्तमान संकटलाई क्रान्तिकारी संकटमा बदल्न सक्षम छ त ? स्पष्टसँग भन्न सकिन्छ पुँजीपती वर्ग आफ्नो वर्गिय स्वार्थ प्रती जति सचेत र सतर्क छ त्यसको रत्तिभर अंश पनि श्रमिक वर्ग सतर्क छैन । पुँजीपती वर्ग संगठित छ, मजदुरहरु असंगठित मात्र छैनन नवउदारवादका शब्द जालमा जातियता, राष्ट्रवाद, धार्मिकता, क्षेत्रीयता जस्ता मुद्दामा बिभाजित पनि छन । अझ विश्वब्यापी संकटको बेला त श्रमजीवी समुदाय र त्यसको नेतृत्व अन्ध राष्ट्रवादको शिकार हुने प्रथम र द्वितीय विश्वयुद्धको दृष्टान्त स्मरणीय छ । यसबाट श्रमजीवी वर्ग आत्मगत रुपमा विद्यमान संकटलाई क्रान्तिकारी संकटमा बदल्न तयार भैनसकेको बुझ्न सकिन्छ ।

यद्यपी आगामी दिनमा बढ्ने संकटको तिब्रताले यो प्रश्नको ठोस जवाफ दिनेछ । अर्कोतिर जसरी पुँजीवादी बिश्वव्यबस्था टिकाइराख्न पश्चिमा विश्वले हर प्रयत्न गरिरहेको छ, के चिनियाँ नेतृत्व राष्ट्रवाद भन्दा माथी उठेर समग्र समग्र विश्वब्यबस्था नै बदल्न अहिलेको संकटलाई उपयोग गर्ने इच्छाशक्ति राख्छ त ? वा अमेरिका केन्द्रित साम्राज्यवादी ब्यबस्थालाई चिन केन्द्रित साम्राज्यवादी व्यबस्था मात्र बनाउन उसको ध्यान केन्द्रित हुन्छ । उपर्युक्त दुई केन्द्रिय प्रश्नको वरिपरि बर्तमान विश्वव्यबस्थाको भविष्य निर्भर हुनेछ । पश्चिमा नेतृत्वले बैधता गुमाएको र कोरोना महामारीसँग जुध्न असफल सिद्ध भएको पृष्ठभुमिमा उर्लदो जनआक्रोसलाई श्रमजीवी वर्गले संगठित गरी नेतृत्व प्रदान गर्न सकेमा र मानवजातीको निमित्त चिनियाँ नेतृत्व राष्ट्रवादबाट माथी उठेमा अहिलेको महाविपत्तिले पुँजीवादी व्यबस्थाको तख्तापलटको निम्ति आव्हान गरिरहेको पनि आभास हुन्छ ।

यदि यस्तो हुन सकेन भने पनि अगाडिको भविष्य हिजोको जस्तो हुनेछैन । पुँजीवादी विश्व पनि नयाँ पुजीवादी विश्व हुनेछ । शिक्षा, स्वास्थ्य, युनिभर्सल बेसिक इन्कम राज्यको आधारभुत दायित्व भित्र पर्नेछन भने अर्थतन्त्रमा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटलाइजेसनले फड्को मार्ने छ । सामरिक रुपमा पुजीवादी विश्व आफैमा बहुध्रुबिय हुनेछ भने आर्थिक रुपमा विश्वको केन्द्र पश्चिमबाट पूर्व सर्ने अनुमान गर्न सकिन्छ । हरेक प्रकारका बिभेदहरुको अन्त्य (आर्थिक विभेद बाहेक), समावेशीता, कार्बन उत्सर्जन कटौती, निरपेक्ष गरिबी निवारण, दिगो बिकास, पर्यावरण संरक्षण र जलवायु परिवर्तन नयाँ पुजीवादी विश्वका केन्द्रिय एजेन्डा हुनेछन् । मानवजातीको निमित्त अहिले भन्दा समृद्ध, स्वच्छ, समुन्नत र सुखी भविष्य हुनेछ । यधपी पूर्ण प्रजातन्त्र (समाजवाद हुँदै साम्यवाद) प्राप्तिको एउटा एतिहासिक क्रान्तिकारी संकटको घडी श्रमजीवी वर्गले सदाका लागि गुमाउनेछ ।

प्रतिक्रिया