पश्चिम नेपालमा गरिएको सर्वेक्षण : भोकमरी र गरिबी पनि बढ्ने खतरा

काठमाडौं । प्राक्टिकल एक्सन तथा मर्सी कोरले संयुक्त रुपमा तयार गरेको एक नयाँ अध्ययन प्रतिवेदनका अनुसार नेपालमा बाढीको चपेटामा रहेका समुदायहरुमा कोरोनाभाइरसको मिश्रित जोखिमले संकटासन्नतालाई निकै गम्भीर बनाउन सक्ने ठहर गरेको छ । पश्चिम नेपालमा सर्वेक्षण गरिएको यस प्रतिवेदनका अनुसार बाढी आएको खण्डमा जम्मा हुनका लागि पहिचान गरिएका सुरक्षित स्थानहरुमा हात धुने पुर्वाधार नरहेको र ८० प्रतिशत स्थानमा क्वारेन्टाइनका लागि चाहिने न्यूनतम सुविधा नरहेको औल्याएको छ । बढ्दो महामारी र निकै लामो बन्दाबन्दीका कारण भोकमरी र गरिबी पनि अझै बढ्नेखतरा रहेको देखिन्छ ।

‘नेपालमा कोभिड–१९ र बाढीको प्रकोप : मिश्रीत जोखिमको रोकथाम’ नामक यस प्रतिवेदनले बैतडी, बर्दिया, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका पाँच जिल्लाका ४६ बाढी प्रभावित सुमदायमा रहेका सामुदायीक विपद् व्यवस्थापन समितिहरुसँग बाढी र कोभिड–१९ लाई लिएर उनीहरुको पूर्वतयारीका बारेमा टेलिफोन अन्तरवार्ता मार्फत सर्वेक्षण गरेको थियो । प्रतिवेदनले वर्षा याममा बाढीको सम्भावनासँगै नेपालका धेरै संकटासन्न समुदायहरूमा कोरोना भाइरसले, स्थितीलाई झनै चर्काउनेबारे सचेत गराएको छ ।

नेपालको बाढी प्रभावित पाँच जिल्लाका ४६ सुमदायहरुमा गरेको सर्वेक्षणमा आधारित ‘नेपालमा कोभिड–१९ र बाढीको प्रकोप : मिश्रीत जोखिमको रोकथाम’ नामक यस प्रतिवेदनले ठहर गरेको छ :

· सर्वेक्षण गरिएका मध्ये ६० प्रतिशत समुदायले खाद्यान्न अभाव प्रमुख जोखिमको रूपमा रहेको बताएका छन् । विशेष गरी दलित लगायतका सिमान्तकृत जनसंख्याले बढी अप्ठेरो सामना गर्नु परिरहेको छ ।

· स्वास्थ्य सेवामा पहँुच सिमीत रहेको छ; हरेक ५ मध्ये १ समुदायमा बाढी र पहिरोको समयमा स्वास्थ्य सेवासम्म पहुँच हुँदैन ।

· जम्मा १७ प्रतिशत समुदायहरूमा मात्रै क्वारेन्टाइनको सुविधा छ र ति मध्ये पनि २२ प्रतिशत क्वारेन्टाइनहरू बाढी तथा पहिरोबाट सुरक्षित छैनन् । अधिकांश समुदायमा बस्ती खाली गर्न र एकान्तवासको लागि तोकिएका सुरक्षित स्थानहरू बाहेक अन्य वैकल्पिक सुरक्षित क्षेत्र छैनन् ।

· ४३ प्रतिशत सुरक्षित स्थानमा (बाढी र पहिरो गएको खण्डमा जम्मा हुन) हात धुने सुविधा छैन भने ५७ प्रतिशत स्थानमा हात धुने साबुन मौज्दातमा राखिएकै छैन ।

प्रतिक्रिया