दैलेखका दुई स्थानिय तहमा निषेधाज्ञा

दैलेख । दैलेख जिल्लाका दुई स्थानिय तहमा निषधाज्ञा जारी गरेका छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई स्थानिय तहमा शुक्रबार साँझ ६ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ ।

‘अत्यावश्यक सेवा वाहेकका अन्य सबै सेवा स्थलहरु आजदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम यस जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वर भित्र नगर्न–नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको विज्ञप्तीमा यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरासमेत सूचित गरिएको छ । साथै, यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा सूचित गरिएको छ ।’

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ, ‘साथै संक्रमणबाट जोगिन भेटघाट, जमघट र भीडभाड नगर्न–नगराउन जिल्ला प्रशासन कार्यालय दैलेख हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तीमा दैलेखमा निरन्तर कोरोना संक्रमण संख्या बढदै गएको र एक जनाको मृत्यु भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवृद्धनात्मक कार्यहरु गर्न जरुरी रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया