स्थगित भएको कोरोना बीमा पुनः सूचारु

काठमाडौं । बीमा समितिले कोरोना बीमा स्थगित गरेको २४ घण्टा नपुग्दै पुनः सूचारु गर्ने निर्णय गरेको छ । समितिले बीमा कम्पनीहलाई साविककै बीमालेख जेठ २३ गतेदेखि लागू हुनेगरी बिक्री गर्न निर्देशन दिएको छ ।

बीमा समितिले अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । समितका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले आजदेखि कोरोना बीमा सूचारु गरिएको जानकारी दिए ।

बीमा समितिले सरकारले पनि कोभीड–१९ को बीमा पोलिसी ल्याउने तयारी गरेको अवस्थामा एउटै प्रकृतिका २ वटा पोलिसी हुन सक्ने भएकाले त्यसको छलफलका लागि पनि स्थागन गरेको बताएको थियो ।

जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सुचारु गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । सरकारले सहयोग गर्ने भए पछि शुरु गर्ने सहमति भएको विमक संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गरेका थिए ।

प्रतिक्रिया