रुकुम घटनाबारे संसदीय विशेष छानविन समिति गठन

काठमाडौं । रुकुम घटनाबारे छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । नेपाली कांग्रेसका सांसदहरुले उक्त घट्नाबारे संसदीय छानवीन गर्न मग गरेपछि शुक्रबारको बैठकमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

गत १० जेठ गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया