स्वास्थ्य संकटकाल घोषणा गर्ने निर्णय

काठमाडौं । स्वास्थ्य संकटकाल घोषणा गर्ने निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर, स्वीकृत भइनसकेको जानकारी दिए । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गर्ने जनाइएको छ ।

२ हजार भन्दा बढी कोरोना संक्रमित भएको खण्डमा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था छ । संक्रामक रोग ऐन २०२० अनुसार संकटकाल आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने पनि व्यवस्था छ ।

सोही अनुसार स्वास्थ्य मन्त्रालयका सचिवलाई तोक्न पनि मन्त्रालयले प्रस्ताव गरेको बताइएको छ ।त्यस्तै मन्त्रालयले स्वास्थ्य सहायता लिने कार्यविधि बनाउने र स्वीकृत गर्ने प्रावधान अनुसार त्यसको मापदण्ड बनाएको छ । जसमा मापदण्ड, मर्मतसम्भार, वितरण र भन्सार छुटमा छुटमा सहजीकरण गर्नेछ ।

प्रतिक्रिया