प्रदेश सरकार हाम्रो पसिनाको उपहास नगर

जन निर्वाचित प्रतिनिधिहरु जनताका साझा अभिभावाक हुन भन्ने गरिमा बोकेको तीन तहको सरकार समग्र विकासको जिम्मेवारी बोकेर सस्थांगत रुपमा अगाडि बढी रहेकै बेला अकल्पनिय प्रकोपको सामना गर्न बाध्य छ यति बेला । यो अवस्थामा सबैको चित्त बुझाएर काम गर्ने वातावरण त छैन । तर, पनि भएको स्रोत साधन परिचालन गरी धेरै भन्दा धेरै जनतालाई अभिभावक छ हाम्रो भन्नी अनुभूति दिन सक्नु पर्ने समय पनि हो यो । औपचारिक रुपमा जिम्मेवारी प्राप्त गरेका नेताहरुले आफ्ना सहयोगीहरु पहिचान गरी परिचालन गर्न आफ्नो कला पर्दर्शन गर्नु पर्ने समय हो यो ।

तर, पार्टी निर्माणका लागि कुनै पनि त्याग दुःख नै नगरी नेताको चाकडी, पैसा र गुन्डागर्दीको आडमा प्राप्त गरेको पद प्रतिष्ठा जोगाउन मात्रै पनि पार्टी निर्माणमा अनबरत आफ्नो जीवन समर्पण गरेका पाका पुराना कार्यकर्ताहरु सँग सहयोग लिन अहंकारले घर्लम्मै ढाकेको मानसिकतालाई सहज पक्कै पनि छैन । विशेष गरी सुदुरपश्चिममा यो अवस्था बढी देखिएकोले जनता धेरै समस्यामा छन् । सुदुरपश्चिमको रोजगारी भारतका विभिन्न शहरहरुमा निर्भर रहदै आएको छ । त्यसै पनि गरिबी र पछौटेपनका कारण बिकराल समस्यामा रुमल्लिएको सुदुरपश्चिममा गलत राजनैतिक प्रबृतिले झन् समस्या बल्झाइरहेको छ ।

सुदुरपश्चिमका अनेक समस्याहरु छन्, तीमध्ये देशका विभिन्न जिल्लाबाट बसार्इँ सरी आउनेहरुको अधिकांश बस्तीहरुमा जाती, वर्ग र ठाउँ बिषेशका आधारमा मानसिक रुपमा बिभाजनको रंग प्रष्ट अनुभव गर्न सकिन्छ । व्यक्तिगत चाकडी नगर्दा जिन्दगी भरी दुःख गरेका कार्यकर्ताहरुको राजनीतिक जीवन समाप्त पार्दिन सक्नेसम्मको अवस्था छ । नेतृत्वले अबसरको बाडफाँडमा पनि नितान्त आफ्नो राजनैतिक हैकम बचाउन केन्द्रीत रहि खल्तीबाट अबसर बितरण गर्ने गरेका दृष्टान्तहरु पनि कार्यकर्ताको भोगाइ र अनुभव रहेको छ ।

जसरी पनि नेतृत्वमा टिकिरहनु पर्ने मानसिकताले गलत र काम नगरी पद हत्याउने भरौटेको काँधमा जिम्मेवारी दिदाँ अनेकन आन्दोलनबाट स्थापित भएका सम्भावित नेतृत्वको सृजनशिलताको हत्या भएको छ । यसले काम गर्ने र इमान्दार नेता कार्यकर्ताको मनोवल घटाउने काम गरेको छ । यस्तो अवस्थामा कार्यकर्ताहरु तै चुप मै चुपको नीति अबलम्बन गरी टुलु टुलु हेर्नू सिवाय अर्को बिकल्प देख्दैनन । देश र जनताको सेवा गर्छु भनी सहिदको रगतले सिन्चित लाल झन्डा सामु उभिएर हामी कार्यकर्ताहरुले पनि देश र जनताको सेवा गर्छौ भनी कसम त खाकै हौ । जनतासँग खाएको कसम पूरा गर्न नसक्दा अहिले त्यही कसमले भतभती पोलिरहेको छ हामीलाई ।

यति बेला भारतका विभिन्न शहरमा रहेका नेपाली सबैभन्दा धेरै पश्चिमी नाका बाटनेपाल प्रवेश गरेका छन् । ती मध्ये सबै जसो सुदुरपश्चिका छन् । उनीले नेपाल आए पछि सुरक्षीत महसुस गर्न पाउनु पर्छ । तर, उनीहरु खान नपाएको, क्वारेन्टाइनको नाममा एकै ठाउँ धेरै जना थुप्रिएर बस्नु परेको र खानसम्म नपाएका जस्ता गुनासो सुनिएको छ । जनताको सरकासँग जनताले खोजेको आधार भूत आवश्यकता पाउनु पर्छ । उनीहरुले पाउनु पर्ने स्वास्थ्यमा कुनै पनि प्रकारको कमजोरी गरिनु हुँदैन । क्वारेन्टाइमा राखिएपछि गर्नु पर्ने सबै प्रकारको उपचार र सेवा सुविधा दिइयोस । यसो गर्दा हामीले सरकार प्रति गौरवको अनुभू ितगर्ने छौँ भने जनताले सरकार आफ्नो भएको ठान्ने छन् । जिम्मेवारी पूरा गर्ने ठाउँमा बसे पछि सबै कुराको जवाफदेही बन्नुपर्छ मौनता साँधेर वा केही छैन भनेर उम्कन पाँदैन । भोली हामी जाने त्यही जनाका बीचमा हो । यो कुरा हामी कसैले भूल्न हुँदैन ।

यति बेला विश्व कोरोना भाइरसबाट आक्रान्त छ । हामी घर भित्र बन्दी जस्तै छौ । स्ववीवेकको सेवा बाहेक जनताका पक्षमा काम गर्ने कुनै जिम्मेवारी छैन । जनतालाई यो भन्दा दुखको क्षण कहिले आउँछ होला र ? नआयोस पनी । हामीले रात दिन जनताकै सेवा गर्न समाजमा रहेको लैङ्गिक, जातीय, वर्गाीय एंव ठाउँ र भूगोलका आधारमा गरिने विभेद समाप्त पार्न राजनीतिक कामामा आफ्नो मानो खाएर बनाएको पार्टी हो यो । पार्टीले यति बेला तिनै तहको सरकारको नेतृत्व गरिरहेको अवस्थामा सुदुरपश्चिममा भएका केही समाचारहरु सुन्दा लज्जा बोध भएको छ ।

जनताका पक्षमा काम गर्न नसक्ने, चुनौतिको सामना गर्न हिच्किचाउने स्वभाव भएका जनप्रतिनिधिहरु लाचार बनी सत्ता मोहमा लिप्त नहुनुस् । जनताले तिरेको करमा मोज गरेर भुँडी पल्टाउदै जनताका समस्यासँग बेखबर जस्तो भइ एसीमा बस्न र चिल्ला गाडी हुइँक्याउन लाज लाग्दैन ? प्रदेशमा जे जति स्रोत साधन छ त्यसैले जनताको पक्षमा उभिनु पर्दैन ? कोरोनाको माहाकारी भएको बेला अस्पतालमा आइसोलेसन पुगेन भने सबै भन्दा पहिला मन्त्री निवासलाई नै आइसोलेसन बनाउनु पर्छ । जनता उपचार नपाउने नेता मन्त्री आलीसान भवनमा कीन बस्ने ? मन्त्रीले चड्ने गाडीलाई संक्रमितको लागि एम्बुलेन्स बनाउनु पर्छ ।

फेरी पनि आग्रह छ, सुदुरपश्चिम प्रदेश सरकार हाम्रो पसिनाको उपहास नगर । बच्चा भोकले रुँदै गर्दा तीनका बाबु आमासँग भोग मेटाउने केही छैन, म जनतालाइ खान लाउन दिन सक्दिन भनेर उम्कन कदापी पाइँदैन । ज्याला मजदुरी गरेर हुन्छ वा ऋृण सापटी गरेर भए पनि आफ्नो जिम्मेवारी पूरा गर । जनताले त्यसैका लागि हो भोट दिएर जीताएका हामीले त्यो भूल्न हुँदैन । अन्य भौतिक बिकास रोकेर भए पनि सुदुरपश्चिमेली जनताको आधारभुत मानव अधिकारको सम्मान गर । अवस्था सजिलो पक्कै छैन् । तर पनि जनता प्रतिको आफ्नो दायित्व पूरा गर्न केही त गर ।

प्रतिक्रिया