कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना

काठमाडौं । कञ्चनपुर जिल्लामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतका विभन्न ठाउँबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको छैन ।

प्रतिक्रिया