कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । बुधबार ७६ वर्षीय पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृतकको संख्या ९ पुगेको हो ।

प्रतिक्रिया