एमसीसीविरुद्ध कालिकोटमा प्रदर्शन

कालिकोट । एमसीसीको विरोध गर्दै कालिकोटका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । यतिबेला विश्वका अन्य मुलुकमा एमसीसीमार्फत अमेरिकाको कुटनैतिक पहल र खुल्लम खुल्ला हुने दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको विद्यार्थी संगठनका नेता हिक्मतजंग मल्लले बताए ।

उनका अनुसार एमसीसीमार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने छ । अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको आरोप लगाउँदै मल्लले विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुँदा–हुँदै आफ्ना छु्ट्टै सैनिकदेखि काम गर्ने, विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा नभएको बताए ।

राष्ट्रघाती निर्णय र विभिन्न खालका घटनाका विषयमा यहाँका विद्यार्थी नेताहरुले आवाज उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । उक्त विरोध प्रदर्शन सदमुकाम मान्म बजारमा गरिएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया