विप्लव पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । कैलालीमा पक्राउ परेकी नेता भुजेललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट मंगलबार गोरखा अड्डासार गरिएको छ ।

उनिविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको र आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया