जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका– १ लालिघाट नजिकै जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका सिपखाना लहरेलाका डबल शाही रहेको प्रहरीले जनाएको छ । उनी आफैँ जिप मालीक र आफैले जिप चलाएका थिए ।

जिल्लाको नरहरिनाथ  रारा मानसरोवर यातायात प्रालीद्वारा सञ्चालित कर्णाली प्रदेश ०२. ०००१ ज ००३० नम्बरको बोलेरो जिप करिब ३ सय मिटर तल लालिघाट बजारमा खसेको हो ।

लालिघाट बजारबाट नरहरिनाथ गाउँपालिकातर्फ दैनिक उपभोग्यका सामनहरु लिएर जाँदै गरेको जिपका मालीक शाहीको घटनास्थलमै निधन भएको हो ।

घाइते हुनेमा नरहरिनाथ गाउँपालिका–‌ ३ निवासी शिक्षक पूर्णप्रसाद उपाध्याय रहेका छन् । घाइते उपाध्यायको हाल जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया