काठमाडौंबाट जारी भएकाे पास लकडाउनभर चल्ने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्याल ले उपत्यकाका लागि जेठ २ गते जारी गरेको निलो रंगको पास अब नवीकरण गर्न नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मको लागि जारी गरेको पास लकडाउनभर मान्य हुने जनाएको छ ।

साथै, काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने बताएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

त्यस्तै सवारी पासको लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढेर संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया