खोजखबर

आज थपिए २२६ जना काेराेना संक्रमित

सौर्य अनलाइन २०७७ जेठ १९ गते १६:२६ मा प्रकाशित

काठमाडौं । सोमबार थप २२६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज २२६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७९८ जना पुगेको छ । पछिल्लो पटक सोमबार २२६ जना संक्रमित थपिएका हुन् । यसैगरी, २२१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाबाट बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

प्रतिक्रिया