दीपकको कोरोना गीत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच गायक दीपक बज्राचार्यले गीत ल्याएका छन् । लामो समयको बन्दाबन्दीका बीचमा उनले कोरोना भाइरससम्बन्धी चेतनामूलक गीत लिएर आएका हुन् ।

गीतको टाइटल नै ‘द कोरोना सङ’ रहेको छ । गीतमा गायक दीपकसँगै उनकी छोरी चेरिसाको समेत आवाज रहेको छ । गीतमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको छ ।

कोरोनाका कारण दुई महिनाभन्दा लामो समयदेखि देश बन्दाबन्दीको अवस्थामा रहेको बेला गायक तथा संगीतकार दीपकले छोरी चेरिसासँगै फेसबुक तथा युट्युबको माध्यमबाट डिजिटल कन्सर्ट गर्दै आएका छन् ।

प्रतिक्रिया