खोजखबर

साढे दुई वर्षअघि घटनाका हत्या आरोपी पक्राउ

आलोक यादव २०७७ जेठ १८ गते २०:०८ मा प्रकाशित

सिराहा । सिराहामा साढे दुई वर्षअघि भएको एउटा हत्या घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका विशेष ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका– ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो । यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । साथै, घटनाका अर्का आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो ।

                            साढे दुई वर्षअघि घटनाका पक्राउ परेका हत्या आरोपी

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय