कोरोना संक्रमित संख्या १५६७ पुग्यो, मृतक ८ जना

काठमाडौं । आईतबार थप १६६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज १६६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५६७ जना पुगेको छ ।  यसैगरी, २२० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक कोरोनाबाट बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या ८ जना पुगेको हो । बुढीगंगा नगरपालिका–१ कि ती बालिकाको मृत्यु भएलगत्तै उनको स्वाब परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आज दिउँसो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया