भारी मात्रामा गुट्खासहित ट्रक पक्राउ

काठमाडौं । रौतहटबाट भारी मात्रामा गुट्खासहित ट्रक बरामद भएको छ । रौतहट प्रहरीले १५ लाख मूल्य बराबरको गुट्खासहित एक ट्रक बरामद गरेको जनाएको छ । जिल्ला सदरमुकाम गौरस्थित तैयब नसिंंगहोम अगाडिबाट लु २ ख नम्बरको ट्रकसहित १५ लाख मूल्य बराबरको गुट्खा बरामद भएको हो ।

खाद्यान्न ढुआनीको ब्यानर लगाएर कपिलबस्तुको चन्द्रौटाबाट ल्याएर गोदाममा राख्न लगिरहेको क्रममा विशेष सूचनाको आधरमा पानकिंग गुट्खासहितको ट्रक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त गुट्खाकासँगै ट्रक चालक गणेश गैरेलाई पनि पक्राउ गरिएको छ । बरामद गरिएको गुट्खा स्थानीय व्यापारी अरुण अग्रवालको रहेको र आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया