साहित्य

कविता ‘अवशेष’

तेजविलास अधिकारी २०७७ जेठ १७ गते १२:२८ मा प्रकाशित

तेजविलास अधिकारी

बल्झिएपछि
मानव यात्रामा
अवरोध बनेर
प्राचीन अवशेष ।
शिक्षाले सभ्यता नसिकाएको
राजनीतिले आत्मस्वीकार नगराएपछि
मानवताले खोक्रो रुप मात्र विषय बोध हुन्छ ।
प्रेमको यात्रा हत्या
हत्याले वीभत्स रुप
सजाएर
मानव जन शोकमा ।

अनौठो यात्रा
दक्षिण एसियाको
हाम्रो भारत वर्षको
वर्गीय विषय पुनः
हावी हुन्छ
जीवन बिचलित बन्छ
चुलिन्छ आक्रोश
एकापसमा आरोप
सद्भाव भड्किन्छ
यो सबै–सबै त
वर्गीय भेदको जडमा
हुर्किरहेछ
हजार वर्षको यात्रामा ।

विभेदकारी अवशेष
क्या ! डरलाग्दो
मेरो समाजमा
अनेकौं जीवन
लखेटेर मारिन्छ भने ?
हामी मुख छोप्नुपर्ने
मानव
खै ! के महान ?
समयलाई सरापेर मात्र ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय