मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका दुई युवाको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उक्त दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ। घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया