देवचुलीका थप दुई जनामा कोरोना

काठमाडौं । चितवनको भरतपुरमा रहेको कोरोना भाइरस प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचaना निकालेर यसको औपचारिक जानकारी गराएको छ ।

कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

योसहित चितवनमा १७ सय ५ वटा नमूना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । १० जनामध्ये चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् ।

प्रतिक्रिया