यस्तो छ आर्थिक वर्ष २०७७–०७८ बजेटको पूर्णपाठ

काठमाडौं । बिहीबार सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको हो अर्थमन्त्री वराज खतिवडाले जानकारी दिए ।

यसका साथै, वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ भने खर्चको स्रोततर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । यस्तो छ बजेटको पूर्णपाठ तल्लो लिंक खोल्नुहोला

बजेट_वक्तव्य_२०७७_website

प्रतिक्रिया