सलमानको फिल्म इदमा रिलिज भएन

मुम्बई । बलिउड अभिनेता सलमान खानका प्रायः चलचित्र इदको अवसर पारेर हुने गर्छ । यदि यो विषय कलालाई सोधियो भने सबै जनाले सजिलै उत्तर दिन सक्छन् । सलमानले इदमा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्दै आएका थिए । बलिउडमा इदका बेला सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अन्य निर्माताले गरेका थिएनन् ।

तर, यस वर्षकोे इदमा सलमानको चलचित्र प्रदर्शनमा नआउँदा उनका फ्यान भने निराश भएका छन् । अभिनेता सलमानको पछिल्लो १० वर्षमा इदमा दोस्रो पटक चलचित्र रिलिज हुन सकेन । यसअघि सन् २०१३ मा अभिनेता सलमानको चलचित्र रिलिज भएको थिएन । सो वर्षको इदमा अभिनेता साहरुख खानले चलचित्र ‘चेन्नई एक्सप्रेस’ रिलिज गरेका थिए ।

जसले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो । इदको अवसर पारेर सलमानले रिलिज गरेका कैयौं चलचित्रले रेकर्ड पनि बनाएका छन् । उनको यो वर्षको इदमा चलचित्र ‘राधे’ रिलिज गर्ने तयारी थियो । तर, विश्वमा महामारीको रुपमा लिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले यो चलचित्र रिलिज हुन सकेन । अब यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने पक्का छैन ।

प्रतिक्रिया