फेरि थपिए १५६ जना कोरोना संक्रमित, संक्रमित संख्या हजार नाघ्यो

काठमाडौं । बिहीबार थप १५६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज १५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या  एक हजार ४२ जना पुगेको छ । पछिल्लो पटक बिहीबार दिउँसाे १५६ जना संक्रमित थपिएका हुन् । यसैगरी, १८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालका ५१ जिल्लामा कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले बताए ।

साथै, यही संक्रमित मध्येबाट पाँच जनाको मृत्यु भएको छ । पछिल्लो पटक एक ५७ वर्षीय पुरुषको कोरोनाबाटै मृत्यु भएर कुल मृतक संख्या पाँच पुगेको हो । ललितपुर महानगरपालिका– २२ बुङमतीका एक पुरुषको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । ती ५७ वर्षीय एक पुरुषको बुधबार दिउँसो ४ बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया