नाजिर र कुसुमको रोमान्स

काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को प्रभाव नेपालमा दिनानुदिन बढ्दै गइरहेको छ । मानव जातिमाथि नै संकट ल्याइरहेको यो भाइरसविरुद्ध आममानिसलाई सांगीतिक प्रस्तुतिमार्फत जनचेतना फैलाउने काम केही कलाकार लागेका छन् । तर गायक सञ्जीव पराजुलीले भने कोरोना कहरभन्दा पनि मायाप्रेमका विषयमा केन्द्रितर रहेर गीत ल्याएका छन् ।

उनले कोरोनालाई नजोडी ‘छैन मलाई पीर’ गीत ल्याएका हुन् । दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतमा मायाप्रेमको प्रसंगलाई उतारिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन, कुसुम गुरुङ, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगरको अभिनय छ ।

गाउँले परिवेशलाई भिडियोमा उतारिएको गीतमा नाजिरले कुसुमलाई मनमनै मन पराएरको विषयलाई देखाइएको छ । नाजिरले कुसुमसँग नाचेको कल्पना गरिरहेका बेला अर्कैसँग इन्गेजमेन्ट भएको दृश्यपछि उनी झसंग हुन्छन् । जसमा कुसुमको इन्गेजमेन्ट सञ्जीवसँग हुन्छ । भिडियोमा नाजिर र सञ्जीवलाई दाजुभाईका रुपमा प्रस्तुत गरिएको छ । एलिन श्रेष्ठले निर्देशन गरेको भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन रहेको छ ।

प्रतिक्रिया