दुई ट्रक ठोक्किदाँ नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

धादिङ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना स्थित तुइन खोला पुलमा दुई सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बिहिबार विहान नारायणगढबाट धादिङ तर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालबाहक ट्रक र काठमाडौं बाट विरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एक आपसमा ठोक्किदा एक जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले बताए ।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकोले निकाल्नको लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया