प्रदेश २ मा थपिए ७६ काेराेना संक्रमित

काठमाडौं । । प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमितमध्ये सबैभन्दा धेरै धनुषाका २९ जना छन् ।

अन्य संक्रमितमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया