सरकारको साथमा निर्माता संघ

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको भन्दै नेपाल चलचित्र निर्माता संघले सो कदमको स्वागत गरेका छ ।

संघका अध्यक्ष आकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै नेपालको अतिक्रमित भूमिसहितको नक्सा जारी गरेर सरकारले राम्रो काम गरेको जनाएका हुन् । उनले विज्ञप्तिमा स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा नेपाल सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ । एकता नै शक्ति हो ।’ साथै संघले सरकारको उक्त कदममा ऐक्यवद्धता जनाउने प्रमुख प्रतिपक्ष दलसहित अन्य दललाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया