‘साइनो’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइनो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको यो चलचित्र केही समय पहिले प्रदर्शनमा आएको थियो । बन्दाबन्दीका बेलामा दर्शकलाई मनोरञ्जन दिने उद्देश्य राखेर चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले जानकारी दिइन् ।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । रमेश थापाले निर्देशन गरेको यो चलचित्रले प्रदर्शनपश्चात् दर्शकको तारिफ पाएको थियो । शरण थापा कार्यकारी निर्माता रहेको यस चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् ।

प्रतिक्रिया