घटेनन् हिंसाका घटना

दैलेख । गएको दुई महिनामा कर्णाली प्रदेशमा मात्र ५९ वटा आत्महत्या र ६ वटा घरेलु हिंसाका घटना भएका छन् । नेपाली समाजमा महिलाविरुद्ध विभिन्न प्रकारका हिंसा भइरहेका छन । घरपरिवार र कार्यस्थलमा महिलाहरू हिंसाको शिकार हुँदै आएका छन् । महिलाहरू सामाजिक एवं सांस्कृतिक रूपमा पनि हिंसापीडित छन् ।

यस्ता हिंसा उन्मूलनको हो । यद्यपी हिंसा उन्मूलन गर्ने कुरा जति दोहो‍र्याए पनि यस्ता घटना घट्नुको साटो झन् बढ्दै छन् । पीडितले न्याय पनि पाउन सकेका छैनन् । यसका विभिन्न कारणमध्ये एउटा सामाजिक–सांस्कृतिक सचेतनाको कमी हो भने अर्को हो न्याय प्रणालीकै अल्पव्याख्या र दुरूपयोग गर्ने बिकाउ न्यायकर्ताहरू हुन् ।

न्याय दिनेहरूले लाभको आशा राखेर कानूनको व्याख्या गर्ने प्रवृत्ति रहेसम्म वास्तविक पीडितले न्याय पाउन सक्ने छैनन् भने पीडक भने हिंसा गर्नेहरु समाजमा खुल्लमखुल्ला हिँडिरहने छन् । न्याय दिनेहरूले लाभको आशा नत्यागेसम्म सयौँ पीडितले न्यायका लागि रोएर भौतारिँदै हिँड्नु पर्नेछ । पीडकहरू पीडितकै सामु निर्भयपूर्वक हाँसी–हाँसी हिँड्नेछन् ।

महिला हिंसा र महिलाका हक–अधिकारका विषयमा आवाज उठाउने व्यक्ति तथा संघसंस्थाहरूले पनि सशक्त रूपमा आवाज नउठाउने र विदेशीले दिएको दान पचाउने उद्देश्य मात्र लिने गरेकाले महिलाविरुद्ध हुने घरेलु तथा यौनजन्य हिंसाका घटनाहरूको उन्मूलन हुन नसकेको सरोकारवालाहरु बताउँदै आएका छन् ।

हिजोआज उठ्ने गरेको महिलाविरुद्ध हुने हिंसा र महिला हक–अधिकारको आवाज शहरमै सिमित छ । शहरकै महिलाको सुविधामा केन्द्रित भएको देखिन्छ । गाउँका नागरिकले यसको अनुभूती गर्नसमेत पाएका छैनन् । गत चैत बैशाखमा मात्रै कर्णाली प्रदेशमा घरेलु हिंसाका ६ र आत्महत्याका ५९ वटा घटना भएको तत्थ्यांक कार्यालयमा छ ।

नेपाल प्रहरी, महिला तथा बालबालिको तथ्यांक अनुसार नेपालमा महिला हिंसाको अवस्था भयावह देखिन्छ । त्यसमा कर्णाली प्रदेशमा समेत यस्ता घटनामा कमि आउनुको साटो बढ्दै जानुले चिन्ताको विषय सिर्जना भएको छ । बालबालिका र महिलाहरूको हिंसा र भेदभावविरूद्ध काम गर्दे आएको आवाजले राखेको रेकर्डले कर्णालीमा यस्ता घटनामा कमि आउन नसकेको जनाएको छ ।

आवाज कार्यालयका अनुसार गत २ महिना चैतदेखि बैशाखको अन्तीमसम्म ५९ वटा आत्महत्याका घटना भएको र तीन वटा घरेलु हिंसाका घटना घटेको जनाएको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा १५ वटा सबैभन्दा कम कालिकोट, डोल्पामा १–१ वटा घटेका छन् ।

ग्रामीण क्षेत्रका परिवार र समुदायले हिंसाका विभिन्न प्रकारलाई इन्कार गर्ने र लुकाउने प्रवृत्ति रहेको कारण यौन दुर्वव्यवहार, शोषण, बेचबिखन, र घरेलु हिंसा र बालबालिका र महिलाविरूद्ध द्वन्द्वमा आधारित हिंसा गरीबी, बेरोजगारी, कम साक्षरता, लैंगिक असमानता, असुरक्षा, अधिकारबारे सचेतनाको कमी र जिम्मेवारी पूरा नगर्नु हिंसाको मूल कारण भएकोले विभिन्न माध्यमबाट परामर्श गरिरहेको आवाज सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन् ।

प्रतिक्रिया