पाकिस्तानी जासूस भन्दै परेवा भारतको नियन्त्रणमा

एजेन्सी । भारतले पाकिस्तानी जासूस भन्दै परेवालाई नियन्त्रणमा लिएकाे छ । भारतस्थित काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको हो । २४ मेमा योउक्त परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो ।

यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ । ‘हामीलाई थाहा छैन यो कहाँबाट आयो, स्थानीयले यसलाई हाम्रो बार नजिकैबाट कब्जामा लिएका हुन् । हामीले यसको खुट्टामा औँठी भेटेका छौँ, जहाँ नम्बर लेखिएको छ र अनुसन्धान जारी छ,’ कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले भने ।

द टेलिग्राफसँगको कुराकानीमा एक प्रहरी अधिकारीले भनेका छन्, ‘चराको कुनै सीमा हुँदैन र बसाईसराईका कारण उनीहरु अन्तर्राष्ट्रिय सीमा काटेर जान्छन् । तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो किनकी घुमन्ते चरामा यस्तो लगााइएको हुन्न ।’ प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ ।

भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन । २०१५ मा यसैगरी मन्वाल गाउँमा परेवा भेटिएको थियो । त्यस चरामा पनि उर्दूमा केही सन्देश तथा नम्बर समेत लेखिएको स्ट्याम्प लगाइएको थियो । यद्यपी चराको एक्स र गर्दा केही शंकास्पद वस्तु भेटिएन । तर, प्रहरीले हिरासतमै राखेर यस चरालाई ‘शंकास्पद जासूस’ भन्यो ।

प्रतिक्रिया