बुवाको हत्या आरोपमा छोरा पक्राउ

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा मंगलबार राती एक वृद्धको विभत्स गरिएको छ । बसबरिया गाउँपालिका– ५ धनगढा निवासी करिब ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । मृतक आफ्नै आँपको बगैचामा सुतिरहेको अवस्थामा गएराती अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रनाउ कुवँरले बताए ।

हत्याको आरोपमा अन्दाजी वर्ष ४० का मृतककै छोरा बिनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान आफ्नै घरमा खाटमुनी लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राय मृतकको आफ्नै कान्छो छोरा रहेको प्रहरीले जनाएको छ ।

जग्गाको विषयलाई लिएर विगत केही दिनदेखि आफ्नै कान्छो भाईले मदिरा सेवन गरेर पटक–पटक बुबालाई गालीगलौज र कुटपिट गर्दै आएको मृतकका जेठो छोरा रामविश्वास रायले जानकारी दिए । पक्राउ परेका रायसँग घटना के कसरी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया