सेती अस्पतालको आइसोलेसनमा एकको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भइ उपचार गरीरहेका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

भारतको महाराष्ट्रबाट मंगलबार आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । भारतबाट आएको र स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएको अस्पताल स्रोत बताएको छ । हिँजो साँझ भर्ना भएका उनको आज बिहानै निधन भएको हो ।

अस्पतालको अनुसार मृतकको ¥यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको छ ।

प्रतिक्रिया