क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

प्यूठान । प्यूठानमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका वडा नम्वर ६ स्थित जनता मावी विजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी महिलाको मंगलवार मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

उनीलाई माइतीघर विजुली आएकोले क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए । मृतक महिलाको स्थायी घर मल्लरानी गाउँपालिका– ४ रहेको र उनी एक साताअघि भारतबाट घर आएकी थिइन् ।

भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमान सहित पाँच जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया