दुई व्यक्तिमा कोरोना देखिएकाले टोखा क्षेत्र सिल

काठमाडौं । टोखा नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका–३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना संक्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरडीटी र पीसीआर परीक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

प्रतिक्रिया