यस्तो रहने छ मंगलबारको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

यसका साथै, हाल देशको पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपश्चात सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

राति भने देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमानले जनाएको छ ।

त्यसैगरी, पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया