कोरोनाको उच्च जोखिममा दैलेख

दैलेख । जिल्लामा अहिले बाहिरी मुलुकबाट आउने नागरिकहरुको संख्या ह्वात्तै बढेको छ । बाहिरबाट आउने नागरिकको संख्या बढेसँगै दैलेख जिल्लाका सबै क्वारेन्टिन भरिएका छन् । उक्त क्वारेन्टिन भरिएपछि बाहिरबाट आउने नागरिकलाइ भेडाबाख्रा जस्तै एउटै कोठामा हुल्नु पर्ने बाध्यता सिर्जना भएको छ ।

उनिहरुलाई खान बस्नसमेत समस्या भएको छ । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त रहेको बेला नेपालमा समेत यसको ठूलो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको त्रासले आफ्नै गाउँमा फर्कने गरेपछी शहरभन्दा गाउँमा कोरोनाको महामारी फैलिने कुरालाइ मध्यनजर गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार गत आईतबारसम्म दैलेख जिल्लामा भित्रिनेको संख्या ६ हजारभन्दा बढी रहेको छ । उनका अनुसार दैलेख जिल्लामा चैत्र ११ गतेदेखि आईतबारसम्म ६ हजार नागरिक भित्रिएका छन् । उनिहरुलाई व्यवस्थापन गरे पनि, आगामी दिनमा भित्रिनेहरुलाई जिल्लामा राख्नसमेत ठाउँको अभाव भएको छ भने जिल्लामा भएका सबै विद्यालयहरु भरिएका छन् ।

व्यवस्थापन गर्ने समस्या

जताततै लकडाउनले समस्या बनाएको समयमा रोजगारिकै लागि विदेशिने नागरिकहरु घर फर्कन लागेपछि दैलेखका स्थानिय तहमा व्यवस्थापन गर्ने समस्या भएको हो । जिल्लामा निर्माण गरिएका क्वारेन्टिन अपुग भएका छन् ।

दैलेखका ११ स्थानीय तहमा ८६१ वटा क्वारेन्टिन निर्माण गरेको भए पनि दैनिकरुपमा नागरिक जिल्लामा भित्रिन थालेपछि अहिले त्यसको व्यवस्थापनमा समस्या देखिएको हो ।

भारतलगायत अन्य जिल्लाबाट आएका नागरिकको व्यवस्थापनमा ठूलो चुनौती बनेको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । यता, दुल्लु नगरपालिकामा भित्रिने नागरिलाई विच्छाउने पि फमसमेत अभाव भएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।

कीटको अभाव

जिल्ला भित्रिनेको संख्या बढेसँगै दैलेखमा कोरोना परीक्षण गरिने आरडीटी कीटसमेत अभाव भएको छ । यस्तो अवस्थामा परीक्षण धेरै मात्रामा गर्नुपर्ने भए पनि परीक्षण कीट नहुँदा समस्या झनै परेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।

कर्णालीमा दैलेखका संक्रमित धेरै

विश्वमाजस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसरी संख्या बढ्दै गएको बेला कर्णाली प्रदेश सबैभन्दा कम संक्रमित भेटिएको भए पनि बाहिरबाट आउने नागरिक धेरै भएकोले जोखिम भने कम छैन ।

गत जेठ ५ गते जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका १ का ३५ वर्षीय युवामा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सोमबारसम्म दैलेखका ७ जनामा कोरोनाको पुष्टि भइसकेको छ । जसअन्तर्गत सुर्खेतमा कोरोनाका ३ जना बिरामी छन् भने दैलेखमा ८ बिरामी प्रदेशकै बढी हुन् ।

प्रतिक्रिया