वर्षा राउतलाई म्यासेज र कमेन्ट गर्दा वर्षा सिवाकोटीलाई परेपछि…

काठमाडौं । नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ ।

यतिबेला नायिका सिवाकोटीलाई यस्ताे परेपछि उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन सबैलाई आग्रह गरेकी छन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा स्टाटस लेखेर सो आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद १ मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’ उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् । उनको फेसबुकमा लेखेको स्टाटस यहाँ हेर्न सकिन्छ ।    

https://www.facebook.com/barsha.siwakoti2/posts/10224613741630203

प्रतिक्रिया